तस्बिर सार्वजनिक भएपछि रियाले खोलिन् महेश भट्टसंगको आफ्नो सम्बन्ध

Entertainment

सुशान्त सिंह राजपुतको निधन पछि उनको प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई विभिन्न आरोप लगाइएको छ । उनको र परिवारको हरेक पाटोका बारेमा अहिले समाचार बनेका छन् । यो घटना अहिले सिबिआइको टोलीले अनुसन्धान गरेको छ ।

रिया र सुशान्तको सम्बन्धका विषयमा केही नयाँ कुरा पनि खुल्दै आएका छन् । सुशान्तको निधन बलिउडमा ब्याप्त परिवारवादको कारणले भएको भन्दै घटनालाई सोही दृष्टिकोणले अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।

सुशान्तलाई अफर गरिएका चलचित्रमा सुशान्तलाई हटाएर बलिउडकर्मीका छोराछोरीलाई अभिनय गराइएको र उनलाई पुरै वहिष्कार गरिएको भन्दै आवाज उठेको छ । आफुलाई फिल्मकर्मीले वहिष्कार गरेकै कारण सुशान्तले यस्तो निर्णय गरेको भन्दै परिवारवादवाट आएका कलाकारलाई वहिष्कार अभियान सुरु भएको छ ।

यसैबीच उनको प्रेमीका भनिएकी रिया चक्रवर्ती र फिल्म निर्माता महेश भट्टका तस्बिर सार्वजनिक भएका छन् । अस्वभाविक अवस्थाका पोजमा रहेका ति तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा उनीहरुको सम्बन्धलाई लिएर पनि प्रश्न उठाइएको छ ।

सुशान्तका बुबा के।के सिंहले भने सुशान्तकी प्रेमिका रिया चक्रवर्ती विरुद्ध प्रहरीमा उजुरी पनि दिएका छन् । छोराले यस्तो निर्णय गर्नुको पछाडी रिया कारण रहेको भन्दै उनले उजुरी दिएका हुन् ।

जसका कारण यतिबेला रिया चक्रवर्ती निकै विवादित बनेकी छिन्। सुशान्तसँग प्रेममा हुँदाहुँदै २८ वर्षकी रियाले उनलाई छाडेर आलिया भट्टकी पिता ७१ वर्षका महेश भट्टसँग प्रेम सम्बन्ध स्थापित गरेको चर्चा चलेको थियो। सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि भएको त्यस्तो टिप्पणीका विषयमा रियाले पहिलोपटक प्रतिकृया दिएकी छन् ।

यो प्रसंगमा रियाले महेश भट्ट सँधै आफ्ना लागि पिता समान भएको बताएकी छिन्। आफूलाई पिता समान व्यक्तिको प्रेमिकाको रुपमा चर्चा गरिनु गलत भएको उनको भनाइ छ।

खबरहरुका अनुसार रिया र सुशान्त एकै अपार्टमेन्टमा बस्दथे। जुन ८ मा सुशान्तले विना कारण अपार्टमेन्ट छाड्न भनेपछि आफू निकै दुखी बनेको उनको भनाइ छ। आफूले सुशान्तलाई निकै माया गरेको तर सुशान्तले आफूमाथि नराम्रो व्यवहार गरेको उनको भनाइ छ।

सुशान्तको परिवारले रियाले सुशान्तको पैसाले पार्टी, सपिङ गर्ने गरेको आरोप लगाएका छन्। यस विषयमा रियाले आफूले कहिल्यै सुशान्तको पैसामा नबाँचेको प्रतिक्रिया दिएकी छिन्।