डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

Health-Education

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्‍नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा. रिजालले बताएका छन् ।

संक्रमण पुष्टि भएपछि  रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । सुरुका दिनमा डा. रिजाललाई हल्का ज्वरो आए पनि अस्पताल भर्ना भएदेखि उनीहरुमा अहिले त्यस्तो कुनै लक्षण नदेखिएको बताइएको छ ।