ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।