रातो मछिन्द्रनाथको संक्षिप्त रथयात्रा गरिने

News

भोलि मछिन्द्रनाथको रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।बिवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुंगमती लैजाने सहमति गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् । भोलि क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुंगमती लैजाने सहमती भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिएका छन् । संक्षिप्त रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् । ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् । अध्यक्ष महर्जनका अनुसार भदौ २२ मा सांकेतिक रथलाई खटमा राखेर बुंगमती लैजाने सहमति भएको छ । मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।