‘विप्लव’ समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा भरतपुर अस्पतालबाटै पक्राउ

News

भरतपुर अस्पतालमा उपचाररत ‘विप्लव’ समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका डीएसपी शुर्य बहादुुर थापाले जिल्ला प्रहरी कार्यलय धनुषामा मुद्धा भएकोले पक्राउ गरिएको बताउनुभयो । थापाले के मुद्धा भन्ने आँफूलाई थाहा नभएको भएपनि धनुषा पठाउनु पर्ने भएको कारणले नियन्त्रणमा लिएको बताउनुभयो ।

शर्मामाथि लागेको मुद्धाको बिषयमा सोध्दा चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले अहिल यसबारे बोल्न नचाहने बताउनुभयो । उहाँले शर्मा पक्राउ परेको बिषयमै अनबिज्ञ भएको समेत बताउनुभयो । नेता बिरही गत बैशाखबाट भरतपुर अस्पतालमा उपचाररत थिए ।