तीन महिलासहित ९ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो

Health-Education

पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन् । जसमा काठमाडौंका ४१ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष र ६५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीका ७८ वर्षीय पुरुष र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् । यस्तै मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला र नवलपरासीकी ३७ वर्षीया महिला रहेका छन् । योसंगै देशभर कुल मृतकको संख्या २ सय ८० पुगेको छ ।