प्याराग्लाइडिङको परीक्षण काल, असोज १५ देखि व्यावसायिक उडान

News

महामारीका कारण विगत ७ महिनादेखी बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि व्यवसायीक रुपमा सञ्चालन गर्ने व्यवसायीहरु तयारीमा छन् । लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनको तयारीमा व्यवसायीहरु जुटेका छन् । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गर्ने व्यवसायीहरु बताउँछन् । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो पोखरा । यसलाई पहिलेको अवस्थामा ल्याउन भने धेरै चुनौति रहेको व्यवसायीहरु बताउँछन् ।