नेपालमा बुधबार थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ५५९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा १० हजार ८०४ र संस्थागत आइसोलेसनमा १० हजार ८७ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा २० हजार ८९१ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा १ हजार ५७ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९८ जना रहेको छ । बुधबार पीसीआर विधिबाट १२ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १० लाख २१ हजार ५०३ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार ४२८ जना रहेका छन् ।