नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमित निको भएका छन् । बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार ५७ जना कोरोना संक्रमित निको भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पीसीआर विधिबाट १२ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १० लाख २१ हजार ५०३ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार ४२८ जना रहेका छन् ।