सामाजिक संजाल फेसवुकमा Raper Association (बलात्कारी संगठन) नामक पेज बनाउने तथा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने बिभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा नेपाल प्रहरीको साइबर ब्युरो ले अनुसन्धानको क्रममा जिल्ला प्यूठान झिन्द्रुक गाउँपालिका -७ घर भई हाल कावसोती नगरपालिका -१६ बस्ने बर्ष १ ९ को नविन वस्नेतले सामाजिक संजाल फेसवुक पेज/ ग्रुप मार्फत बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार बिरुद्धको सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरी विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको खुल्न आएकोले सम्मानित जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गराई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समेतको सहयोगमा मिति २०७७-०६-३० गते जिल्ला नवलपरासी,कावासोतीबाट पक्राउ गरेको छ र यस बारे थप अनुसन्धान भरहेको छ।