नवरात्रिमा कुनैपनि मठमन्दिर तथा शक्तिपिठहरु नखोलिने

News

सरकारले यस वर्षको नवरात्रीमा देश कुनैपनि मठमन्दिर तथा शक्तिपीठहरुमा नखोल्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम रहने भन्दै गृहले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। सरकारको अर्को निर्णय नआएसम्मका लागि मठ मन्दिरमा पहिलेका वर्षहरुमा जस्तो भिडभाड र पुजाआजा भने गर्न नदिने निर्णय भएको जनाएको छ ।

गृहले एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णय नगरेसम्मका लागि मठमन्दिर तथा शक्तिपीठहरुमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन खोल्नका लागि निर्देशन दिएको छ ।

कोरोना जोखिमलाई मध्यजनर गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले असोज दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएको थियो । तर त्यस बाहेक कुनैपनि निर्णय आएका छैनन् ।