आज कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से बढेको छ । १३ अंकले हिजो बढेको नेप्से आज पनि १३ दशमलव ९४ अंकले उकालो लागेको छ । नेप्से १५ सय ९७ दशमलव ७१ विन्दुमा उक्लिएको छ ।
आज कारोबार भएकामा होटल, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूह घटे पनि अरु सबै समूहको सूचक बढेकाले समग्रमा नेप्से पनि बढेको हो । कारोबार रकम पनि नप्सेसँगै आज ३६ करोड रुपैयाँ बढेको छ । आज १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
२० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा आज लगानीकर्ताको आकर्षण रह्यो । ४ प्रतिशत भन्दा धेरै भाउ बढेको एनआईसी एशिया बैंकको आज २४ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।