भारतद्वारा एकपक्षीय रुपमा वीरगञ्ज नाका खुल्ला, सीमा क्षेत्रमा तनाव

News

नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सिमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना संक्रमणका कारण चैत्र ११ गतेदेखि विना अनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएको थियो।

आज विहानदेखि भारतीय पक्षले एकपक्षीरुपमा नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठुलो संख्यामा सर्वसाधारण सिमा क्षेत्रमा जम्मा भएका छन् ।

टाङ्गा, टेम्पु, मोटरसाइकल जिप लगायतका निजी सवारी साधनमा सयौं व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ ।

रक्सौलबाट आउने भारतीयलाई सिमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनावको अवस्था सिर्जना भएको हो ।