पानीको दुरुपयोग गर्नेलाई भारतमा कडा कारबाही गरिने भएको छ । कोही व्यक्ति वा संस्थाले भूमिगत स्रोतबाट आउने पिउनयोग्य पानीको दुरुपयोग गर्ने वा अनावश्यक प्रयोग गर्ने गरेमा यसलाई भारतमा दण्डनीय अपराध मानिएको छ ।
यसअघि भारतमा पानीको दुरुपयोगको विषयलाई लिएर कुनै पनि दण्ड जरिवाना गर्ने प्रावधान थिएन । केन्द्रीय भूमिगत जलस्रोत प्राधिकरण (सीजीडब्ल्यूए) का अनुसार अब पिउनयोग्य पानी दुरुपयोग गर्नेलाई एक लाख रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ ।
यसका लागि सीजीडब्ल्यूएले मातहतका निकायलाई निर्देशनसमेत जारी गरिसकेको छ । सीजीडब्ल्यूएले पर्यावरण कानुन १९८६ को धारा ५ को अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।