२२ सय २५ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

Health-Education

काठमाडौं, ८ कात्तिक । देशभर २२ सय २५ कोरोना भाइरसका संक्रमित थपिएका छन् । बितेको २४ घन्टाभित्र ७ सय ७९ महिला र १४ सय ४६ पुरुष संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशमा अहिलेसम्म कुल एक लाख ५५ हजार २ सय ३३ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमक्ये ८ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

जम्मा १३ हजार ८ सय ४६ जनाले पिसिआर परीक्षण गरेका थिए । बितेको २४ घन्टाभित्र २८ सय ४६ जना कोरोना संक्रमितहरु नीको भएका छन् । देशमा हाल ४६ हजार ५७ सक्रिय कोरोना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल ८ सय ४२ जना को मृत्यु भएको छ । यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।