नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतराः कमल थापा

Politics

थापाले भारत र चीनसँगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणनीतिको आलोचना समेत गरे । सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको थापाले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘नेपालका लागि भारत र चीनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । प्रमुख प्रतिपक्षी दलको अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बनौं । ’