चिनियाँ कम्युनिष्ट पार्टीद्वारा महरापत्नीको निधनप्रति दुःख व्यक्त

Politics

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“यहाँको श्रीमतीको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ, हामी यहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ”, चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा सांसद महरालाई पठाइएको पत्रमा भनिएको छ, “यहाँमा पुग्न गएको क्षतिप्रति अत्यन्त दुःखित भएको छौँ, स्व सीताप्रति श्रञ्द्धाञ्जलि व्यक्त गर्दछौँ ।”