आफ्नो कार्यकाल थप्‍न संविधान नै संशोधन गरेका पुटिनले राजीनामा दिँदै !

International

आफ्नो कार्यकाल सन् २०३६ सम्म कायम राख्न संविधान नै संशोधन गरेर भारी बहुमत जुटाएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आगामी वर्षको सुरुमै  राष्ट्रपति पद छोड्ने सक्ने बेलायतकाे एक सञ्चारमाध्यमले दाबी गरेकाे छ। मस्को स्रोतलाई उद्धृत गर्दै बेलायती अखबार द सनले आफ्नो स्वास्थ्यका कारण आगामी वर्ष २०२१ को सुरुवातमा पदबाट राजीनामा दिन लागेको दाबी गरेकाे हो।

राष्ट्रपति पुटिन पर्किन्संस रोगबाट ग्रस्त रहेको बताइएको छ। रुसका राजनीति विज्ञहरुले समेत पछिल्लो भिडियो फुटेजमा ६८ वर्षीय पुटिनमा पार्किन्सन्सको लक्षण भएको सम्भावना देखिएको बताएका छन्।

रुसका राजनीतिज्ञ जानकार भ्यालेरी सोलोवीले पुटिनमाथि उनको परिवारको ठुलो प्रभाव रहेको बताउदै आगामी जनवरीमा पद छोड्ने योजना सार्बजनिक गर्नसक्ने दाबी गरेका छन्। उनलाई प्रेमिका एलिना काबेवा र दुई छोरीले  पद छोड्न दबाब दिइरहेको सनले उल्लेख गरेको छ।

यस रिपोर्टका बारेमा राष्ट्रपति पुटिनको कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन।  गत जुनमा राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत थियो।  ​

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। तर, संविधानको नयाँ व्यवस्थाले थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल सन् २०३६ सम्म सुनिश्चित भएको हो।