नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार ७३६ कोरोना संक्रमित

Health-Education

नेपालमा मंगलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ७३६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ ।

अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ३५ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ८५३ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । आज कोरोना भाइरस कोभिड – १९ बाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११४८ पुगेको छ ।

मंगलबार पीसीआर विधिबाट १२ हजार ९६० जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  १५ लाख ६४ हजार २१४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा १ हजार ५८ जना रहेका छन् ।