मिस नेपाल-२०२० मंसिर २० गतेबाट

Entertainment

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिडन ट्रेजर मिस नेपाल-२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौं र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मंसिर २० गते हुनेछ । प्रतिस्पर्धाका लागि २१ जना फाइनलिस्ट चुनिएका छन्।