उपत्यकाका जिल्ला प्रशासनले नदीमा भेला भएर छठ पर्व मनाउन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो ।
भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने मन्त्रिपरिषद्कै निर्णय छ, त्यही अनुसार देउसी, भैलो जस्ता गतिविधिलाई समेत रोक लगाइएको उपत्यकाका प्रशासनले जनाएको छ ।