विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ६५ लाख ६३ हजार नाघ्यो

Health-Education

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ६५ लाख ६३ हजार नाघेको छ । संक्रमणका कारण १३ लाख ५४ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड १८ लाख नाघेको छ । त्यहाँ संक्रमणबाट २ लाख ५६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या भारतमा धेरै छ । भारतमा संक्रमितको संख्या ८९ लाख ५८ हजार नाघेको छ भने त्यहाँ अहिलेसम्म १ लाख ३१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या ५९ लाख ४७ हजार नाघेको छ । संक्रमणबाट त्यहाँ १ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणबाट बेलायतमा ५३ हजार, फ्रान्समा ४६ हजार ६ सय, स्पेनमा ४२ हजार, रुसमा ३४ हजार, इटालीमा ४७ हजार र अर्जेन्टिनमा ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी निको भएका छन् । निको हुनेको संख्या ३ करोड ९३ लाख नाघेको छ । संक्रमित मध्ये १ लाख १ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।