कोरोना संक्रमित अधिकांश बिरामी घरमै बस्दा जोखिम झन् बढ्यो !

Health-Education

पछिल्लो समय संस्थागत आइसोलेसनमा भन्दा घरमा आईसोलेसनमा बस्नेको कोरोना संक्रमितको संख्या धेरै छ । तर घरमा आइसोलेसन बस्दा संक्रमणले ल्याउन सक्ने जटिलता र सावधानी नअपनाउदा जोखिम बढ्दो छ ।
सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई घरमै आइसोलेनसमा बस्न सल्लाह दिदै आएको छ । साथै संस्थागत आइसोलेनको तुलनामा घरमै आसोलेसन सहज तथा व्यवस्थित हुने भएकाले संस्थागत आइसोलेसनमा भन्दा पनि घरमा आइसोलेसनमा बस्नेको संख्या बढी छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार संत्रृmय संक्रमित मध्ये करिब ९० प्रतिशत बिरामी घरमै आईसोलेसनमा छन् । तर जटिल प्रकृतिका संक्रमित समेत घर मै बस्दा जोखिम बढेको विज्ञहरु बताउँछन् ।

घरमा आईसोलेनमा बस्दा संक्रमित व्यतिmले लक्षण नदेखिए पनि आवश्यक स्वास्थ्य सावधानी भने अपनाउनु पर्ने हुन्छ । संक्रमित व्यक्तिले आइसोलेनमा बस्दा संक्रमणले पार्ने जटिलताका बारेमा हेलचेक्राइ गर्न नहुने चिकित्सकहरु बताउँछन् । उनीहरुले श्वास फर्न कतिको सहज छ वा गाह्रो भएको छ भन्ने हेक्का सँधै राख्नु पर्छ ।

स्वास्थ्य मन्त्रालयले घर मै आइसोलेसनमा बस्ने विरामीको निगरानीका लागि स्थानिय तहलाई जिम्मेवारी दिएको छ । तर स्थानीय तहले घरमै आइसोलेसनमा बसेकालाई स्वास्थ्य परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने व्यवस्थालाई कार्यान्वयन गरेको देखिदैन । जसका कारण स्वास्थ्यमा जटिलता आएको अवस्थामा कहाँ र कुन अस्पतालमा उपचार गर्ने अन्योल मै कतिपय संक्रमितको ज्यान गएको छ ।