नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडी र एक जना स्टाफलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, ब्याट्सम्यान रोहित पौडेल र स्टाफ प्रदिप लामा रहेका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका क्रिकेटरहरुको मंगलवार गरिएको स्वाब परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो ।