यस्तै बैठकले कोरोनाको कारण लामो समयदेखि रोकिएको भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय पनि गरेको छ । तर उडानका लागि जनस्वास्थ्यसम्बन्धी सुरक्षाका ‘प्रोटोकल’ पालना गर्नुपर्नेछ ।
यस्तै बैठकले तीन जना सचिवको बढुवा पनि गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।