हङकङमा तीव्र गतिमा फैलँदै कोरोना : नाइट क्लब,क्यारिओकी र डान्स हलहरु बन्द

International

हङकङमा लगातार तीन दिनयता ८० भन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिएका छन्  । हङकङमा बिहीबार थप ८१ नयाँ कोरोना संक्रमित भेटिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्लो समय तिव्र गतिमा संक्रमित देखिरहँदा बिहीबारदेखि डिसेम्बर २ सम्मका लागि बार, नाइट क्लब, क्यारिओकी, डान्स हलहरु बन्द गर्ने भएको छ ।

बार र नाइट क्लबबाट मात्र हङकङमा गएको केही समयमै ३११ कोरोना संक्रमित देखिएका छन् । त्यसकारण यी क्षेत्रहरु कोरोना कहरबीच बन्द गर्नु परेको बताइएको छ ।

बिहीबारसम्म यहाँ ५९ सय ४७ मा कोरोना पुष्टि भइसकेको छ । यहाँ १०८ को कारोनाको कारण ज्यान गएको छ भने ५२ सयभन्दा बढी कोरोनामुक्त भएका छन् ।