महासंघको इतिहासमा पहिलो पटक शतप्रतिशत मत खस्यो, मतगणना केहि बेरमा हुने

Economy FNCCI ELECTIONS

महासंघ निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेर ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यकारणी समिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।

महासंघको वस्तुगततर्फ १०१ मतदाता, जिल्लानगरतर्फ १०५ मतदाता तथा एशोसियटतर्फ ९०३ मतदाता रहेका थिए । सबै मतदाताले दिउँसो चार बजेभित्रै मतदान गरिसकेका छन् ।

मतगणना साँझ ६ बजेपछि कमलादी स्थित प्रज्ञा भवनमा हुने बताइएको छ ।

महासंघको चुनाबका लागि जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको  थियो ।