जिल्लानगरको सदस्यको नतिजा, प्रधान समूहबाट १२ ढकाल समूहबाट ६ जना निर्वाचित

Economy FNCCI ELECTIONS

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको जिल्ला नगर तर्फको सदस्यको पनि मत गणना सकिएको छ ।

जिल्ला नगरको तर्फबाट महासंघको केन्द्रिय समितिमा १८ सदस्य निवार्चीत भएका छन् । किशेर प्रधान समूहबाट १२ सदस्य र चन्द्र ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका छन् । जिल्लानगरको उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ र ढकाल समुहबाट गुणनिधि तिवारी उपाध्यक्षमा प्रतिस्पर्धा गर्देछन् ।

निवार्चित हुनेमा राजन श्रेष्ठ -७९ , तारानाथ घिमिरे- ७२, शोभकान्त पौडेल – ७०, कमल श्रेष्ड ६९, गजेन्दै भगत ६८, चक्र ब अधिकारी ६७, अरुण सुमाग्री ६६, देव कुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमन बहादुर खड्का ६२ सुरकृष्ण वैद्य ६१, कुबिर कुमार श्रुष्ठ ५८, डिबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोर कुमार आचार्य ५२, महेन्द्र कुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१ मत र गोपाल कौडिया ५५ पाएर निर्चाचित भएका छन् । जिल्ला नगरमा कुल १०५ मत खसेको थियो ।