नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित

Economy FNCCI ELECTIONS

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मत गणना सम्पन्न भएको छ । जसमा चन्द्र ढकालले किशोर प्रधानलाई उछिनेका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले ६ सय ३३ मत पाएका थिए भने किशोर प्रधानले ४६६ मत पाएका थिए । बाँकि सबै उपाध्यक्षको मतगणना भइसकेकोमा एशोसिएट, वस्तुगत र जिल्ला नगर तर्फको वरिष्ठ उपाध्यक्षको नतिजा चन्द्र ढकालको पक्षमा देखिएको छ ।

वरिष्ठ उपाध्यक्षको मतगणनामा ३० प्रतिशत भार बोकेको एशोसिएट तर्फ चन्द्र ढकालले उनका प्रतिष्पर्धी किशोर प्रधानलाई १४८ मतान्तरले पछाडि पारेका थिए । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका थिए भने प्रधानले ४१.६० प्रतिशत मत पाएका थिए । ०.२२२ प्रतिशत मत भने बद्धर भएको थियो ।

त्यस्तै २० प्रतिशत भार रहेको वस्तुगत तर्फ पनि चन्द्र ढकालले नै बाजी मारेका थिए । वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका थिए । यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गरेका थिए ।

त्यस्तै ५० प्रतिशत मतभार बेकोके जिल्ला नगर तर्फ किशोर प्रधानले १ मतले चन्द्र ढकाललाई हराए पनि अन्तिम नतिजा भने चन्द्र ढकालकै पक्षमा रहेको थियो ।

ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए । तर पनि ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई फराकिलो अन्तरले पछारे पछि उनी सहजै वरिष्ठ उपाध्यक्षमा विजयी भएक हुन् ।

यो मतगणनासँगै चन्द्र ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष बनेका छन् । योसँगै चन्द्र ढकाल ३ वर्ष पछि स्वत महासंघको अध्यक्ष बन्ने बाटो खुला भएको छ ।