गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा बीबीसीको एक सय प्रभावशाली महिलामध्ये पर्न सफल सपना रोक्का मगरलाई सम्मान गरिएको छ ।
मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द���र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।
सो क्रममा सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन् । प्राप्त सो रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने बताउँदै आयोजकलाई उहाँले धन्यवाद दिइन् ।