प्रधानमन्त्री केपीशर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक अवस्था उथलपुथल भएको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सत्तापक्षकै एक घटक र प्रतिपक्ष लगायतका दलहरुले दिनहुँ आन्दोलन चर्काइ रहेका छन् । यहीं समयमा ओलीले पनि आफ्नो पक्षको नेकपाको राजनीतिक गतिविधि ह्वात्तै बढाएको छन् । ठूलाठूला जनसभामा पुगेर चर्काे र खरो भाषण गर्न व्यस्त बनेका छन् । यही बेलामा ओलीको सुरक्षामासमेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ ।
हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपालप्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जनाखट्ने गरेका छन् । तर, सुरक्षाविद् भने अहिलेको अवस्थामा त्यति धेरै सुरक्षाकर्मी खटाउनु आवश्यक नभएको बताउछन् । समान्य अवस्थामा सुरक्षाकर्मी परिचालन गरेर दुरुपयोग गरेको उनीहरुको तर्क छ ।
यता विश्लेषकहरु पनि प्रधानमन्त्री र उनका सहयात्रीले सरकारी काम छलेर र राज्यकोषको दुरुपयोग गरेको बताउछन् ।
यस अघि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । तर, यसरी सामान्य अवस्थामा सुरक्षाकर्मी खटाएर नागरिकमा पनि नराम्रो सन्देश जाने कतिपयको बुझाई छ ।