पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संसद पुनःस्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान बढाएको बताउनुभएको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलासले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।
कार्कीले संविधानलाई अदालतले बचाएको समेत बताउनुभएको छ ।