सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उँचो गरेको छ : योगेश भट्टराई

Politics

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर आफ्नो गरिमा उँचो गरेको जनाएका छन् ।

आज साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय सुनाएपछि भटट्राईले अदालतले तीन करोड नेपालीको सम्मान प्राप्त गरेको प्रतिक्रिया जनाएका छन् ।

“सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उँचो गरेको छ । मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मानप्राप्त गरेको छ,” नेता भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, “सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।”

उनले अदालतको फैसलापछि जनता र लोकतन्त्रको जित भएको बताएका छन् ।