पश्चिम बंगालको मुख्यमन्त्रीमा मिथुन चक्रवतीको चर्चा

Entertainment

बलिउड अभिनेता मिथुन चक्रवतीको चर्चा पश्चिम बंगालमा हुन थालेको छ। उनको बंगालमा मुख्यमन्त्रीको रुपमा चर्चा हुन थालिएको हो। भारतीय जनता पार्टीका तर्फबाट उनले विभिन्न चुनावी र्‍यालीमा सहभागी हुनेसमेत बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकतास्थित बिग्रेड मैदानमा हुने सभामा मिथुन चक्रवती पनि सहभागी बन्नेछन्। प्रधानमन्त्रीसँगको निकटतालाई मध्यनजर गर्दै उनलाई अगामी मुख्यमन्त्रीको रुपमा हेरिन थालिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

शनिबारमात्रै भारतीय जनता पार्टी बंगालका प्रभारी कैलाश विजयवर्गीय र मिथुनबीच भेटवार्ता भएको थियो। भेटवार्तापछि सञ्चारकर्मीले मुख्यमन्त्रीको उम्मेदवारीबारे प्रश्नसमेत गरेका थिए।

पश्चिम बंगालमा मार्च २७ देखि चुनाव हुँदैछ।