नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण आजदेखि सुरु हुँदैछ।
पहिलो र दोश्रो संस्करणको सफलतापछि सुरु भएको तेस्रो संस्करण अन्तर्गत प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुनेछ।
अघिल्ला संस्करणमा सहभागी प्रतिभाले नेपाली सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित गरिसकेका कारण पनि सांगीतिक क्षेत्रमा भविष्य खोज्नेबीच नेपाल आइडल लोकप्रिय छ।
नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष रहने छन् ।
नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा विजेता बनेका थिए भने दोस्रो संस्करणमा धनगढीका रवी ओडले बाजी मारेका थिए।