इजिप्टमा दुई रेल एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ।
सोहाग प्रान्तको तहता शहरी क्षेत्रमा तीव्र गतिका दुई रेल एक आपसमा ठोक्किएका हुन्। यस दुर्घटनामा १६५ जना मानिस घाइते भएको बीबीसीले जनाएको छ।
अधिकारीहरुका अनुसार शुक्रबार भएको यस दुर्घटनाको घटनास्थलमा उद्धार गर्नका लागि ७० एम्बुलेन्स पठाइएको थियो। यसअघि इजिप्टमा सन् २००२ मा भएको रेल दुर्घटनामा ३७३ जना मानिसको मृत्यु भएको थियो।