चिसापानी पुलबाट तीन विद्यार्थीले एकैपटक हामफाले, एक जना बेपत्ता

News

कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।

उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। उनीहरू शनिबार(आज) ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ।

चिसापानीको पुलमा टिकटक बनाउनेको भीड दैनिक भीड लाग्ने गर्छ। तर उनीहरुले भिडियो नबनाएका प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।