कोरोनासँग जुध्‍न अमेरिकाको एक अर्ब रुपैयाँ सहयोग गर्ने

Health-Education

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले थप सहयोग उपलब्ध गराउने भएको छ ।

शनिबार अमेरिकी दूतावासले विज्ञप्‍ति निकाल्दै कोरोना भाइरसविरुद्ध लडाइँमा थप ८५ लाख अमेरिकी डलर (एक अर्ब ३० लाख) सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

अमेरिकी दूतावासले यो सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो । यो रकम कोरोना परीक्षण, संक्रमित पहिचान र अनुसन्धान, उपचार, संक्रमण रोकथाममा खर्च गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।