नेपालकाे पर्यटन प्रवर्धनका लागि माल्टामा खेलकुद

International

गैरआवासीय नेपाली संघ (एनआरएनए)माल्टाको आयोजनामा पर्यटन प्रवर्धनका लागि खेलकुद कार्यक्रम सम्पन्न भएको छ । माल्टामा रहेका नेपालीबीच भाइचारा बढाउन र नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागि खेलकुद कार्यक्रम आयोजना गरिएको एनआरएनए माल्टाले जनाएको छ ।

नेपाली समुदायबीच फुटबल, घैटोफोर र म्युजिकल चेयरलगायतका खेलकुद आयोजना गरिएको थियो ।

खेलकुद कार्यक्रम माल्टाको एमसिदा खेल मैदानमा भएको थियो । फुटबलका लागि ७ टोलीले सहभागिता जनाएकामा सम्फुसा फुटबल क्लब पहिलो र एभरेष्ट नेपाल फुटबल क्लब दोस्रो भए ।

विजेता र उपविजेतालाई मेडल र नगदसहित पुरस्कृत गरिएको थियो ।