वरिष्ठ संचारकर्मी दुर्गानाथ शर्माको निधन

News

वरिष्ठ संचारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा आज  निधन भएको हो । २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएका शर्मालाई इन्फेक्सन भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

सहिद  गंगालाल अस्पतालमा ५ दिनसम्म उपचारपछि उनलाई मंगलबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा शर्माको आज निधन भएको हो ।

तत्कालिन अबस्थामा “बिश्वघट्ना”जस्तो राम्रो र चर्चित कार्यक्रम सन्चालन गर्नुभएका शर्माले नेपाल टेलिभिजन प्रमुख रहदॉ  धेरै नै सुधारको कामहरु गर्नुभएको थियो। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका २ छोरा र श्रीमती छन् ।