क्रुज शिपमा रोकिएका हज्जारौंलाई पाँच दिनपछि बाहिर जाने अनुमती

International

पाँच दिनदेखि एक क्रुज शिपमा फसेका हज्जारौं व्यक्तिलाई कोरोना भाइरस परीक्षणमा नेगेटिभ भेटिएपछि बाहिर जाने अनुमती दिइएको छ ।

शिपमा सवार ३ हजार ६ सय यात्री र क्रुका सदस्यलाई पछिल्लो यात्रामा भाइरसको सम्पर्कमा आएका छन् कि भन्ने डरले क्रुजभित्रै रोकिएको थियो ।

वर्ल्ड ड्रीम शिपका सबै यात्री र क्रु सदस्यलाई बुधबार रोकिएको थियो किनभने उनीहरुसँग पछिल्लो यात्रामा रहेका तीन यात्री भाइरसबाट संक्रमित भएको जानकारी थियो ।