ललितपुरको कुपण्डोल स्थित होटल हिमालय नजिकै पार्किङ गरि राखेको स्कुटीमा तीन जनाको समुहमा आएको अज्ञात व्यक्तिहरुले मट्टितेल खन्याएर स्कुटी जलाईदिएका छन् ।
साकाओता मार्गमा पार्किङमा राखिएको प्रदेश–३–०२–००८ प २७६४ नम्बरको स्कुटीमा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।
सोमबार दिउँसो करिब ३ बजेको समयमा घरको कम्पाण्डभित्र रोकेर राखिएको स्कुटरमा आगजनि गरिएको हो ।
आगो लगाउने व्यक्तिहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।