चिनियाँ दूतावासले स्थापना गरेको चिनियाँ भिसा आवेदन सेवा केन्द्रले जारी गरेको भिसा शूल्क विवरणमा ३ गुणा हाराहारी शूल्क बृद्धि गरिएको छ ।
नेपालले चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा निःशूल्क भिसा प्रावधान लागू गरिरहेका बेला चीन जाने नेपालीले भने अब झन् बढी शूल्क तिर्नुपर्ने भएको छ
सो केन्द्रको कार्यालय दरबारमार्गको राजनिङ् मलमा राखिएको छ । केन्द्रले भिषा आवेदकको कागजपत्र संकलन गरेर नेपाल स्थित चिनियाँ दूतावासमा बुझाउँछ ।
भिसा दिने नदिने वा थप कागजात माग्ने काम भने दूतावासले गर्नेछ ।
चिनियाँ दूतावासले गत माघ १७ गते एक सुचना जारी गरी भिसाका लागि आएका आवेदन आफूले नलिने र त्यो काम चिनियाँ भिसा आवेदन सेवा केन्द्रले गर्ने जनाएको छ ।
साथै सो केन्द्रले भिसा शूल्क बाहेक थप सेवा शूल्क लिने समेत बताएको छ । भिसा शूल्कका साथमा थप सेवा शूल्क थपिएपछि चिन भ्रमणका लागि जाने नेपाली पर्यटक, विद्यार्थी तथा व्यवसाथीले बढी रकम तिर्नुपर्ने भएको छ ।