काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा आगलागी भएको हो । विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ । अहिले आगो निभाउने प्रयास जारी छ । यसबाट कुनै मानवीय क्षति भने भएको छैन।