पैसा हुने नेपालीले अब निजी विमान राख्ने पाउने

Interesting

काठमाडौं । सरकारले सर्वसाधरणले पनि आफ्नो ‘प्राइभेट जेट’ राख्न पाउने भएका छन् । ‘राष्ट्रिय हवाई नीति २०७६ मस्यौदा कार्यालय’ले तयार पारेको अन्तिम मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।

कार्यालयले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सो मस्यौदा हस्तान्तरण गरेको हो ।

मस्यौदा अनुसार अब ड्रोन उडाउनेले समेत अनिवार्य अनुमति लिनुपर्ने छ ।

विगतमा १ सय मिटरसम्म ड्रोन उडानका लागि अनुमति लिनु नपर्ने व्यवस्था थियो भने त्यो भन्दा माथि ड्रोन उडाउन चाहानेले मात्र अनुमती लिनुपर्ने व्यवस्था थियो ।

मन्त्रालयले यस नीति अनुरूप विमानस्थललाई वर्गीकरण गरेको छ । नयाँ पूर्ण क्षमताको विमानस्थल बनाउने विषयलाई प्राथमिकता दिएको जनाइएको छ । यस नीतिले इजाजत दिने प्रकृयालाई समेत सरलीकरण गर्दै लैजाने बताइएको छ । यससँगै अन्तरप्रदेश उडानलाई कार्यान्वयनमा ल्याउने व्यवस्था यस नीतिमा उल्लेख छ ।

मन्त्रालयले नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नागरिक उड्यन सेवाको सञ्चालन केन्द्र (हब) बनाउनुका साथै अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण ट्रान्जिट बिन्दुको रूपमा स्थापित थर्ने लक्ष्य राखेको छ ।

यस्तै सुरक्षित हवाई उडानलाई प्राथमिक्तामा राख्दै वायुयान दुर्घटनाका घटनालाई नयूनिकरण गरी सूनय तहमा पुर्याउने नीतिमा उल्लेख छ । य