कुन देशमा कति छ सुनको भण्डार ?
अमेरिकासँग ८,१३३.५ टन
जर्मनीसँग ३,३६६ टन
अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन
इटलीसँग २४५१.१ टन
फ्रान्ससँग २४३६.१ टन
रुससँग २२१९.२ टन
चीनसँग १९३६.५ टन
स्विट्जरल्याण्डसँग १,०४० टन
जापानसँग ७६५.२ टन
भारतसँग ६१८.२ टन ।
भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकामा सुन खानी भेटिएको छ। स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि त्यहाँका स्थानीय निकै खुसी छन्। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको छ। यस रिपोर्ट अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ। भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर यो सुन खानी भेटिएपछि अब भारत विश्वकै दोस्रो धेरै सुन भएको देशमा गनिने छ।