समाजवादी पार्टीका विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीलाई पोखरा सभागृह गेटबाहिर नाराबाजी गर्दै गर्दा कालो झण्डा देखाउँदा प्रहरीले पक्राउ गरेका हुन।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटासहित चार जना रहेका छन्।
उनीहरुले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अडियो मार्फत मागेको ७० करोडको अडियो टेपबारे छानबिन हुनु पर्ने, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, विष्णु पौडेललगतया नेकपा सरकार भष्ट्राचारलाई प्रश्रय दिइरहेको भन्दै राजनीनामा दिन माग गरेका थिए।
प्रधानमन्त्री ओली सोमबार बिहान नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन पोखरा पुगेका थिए।