मास्क र स्यानिटाइजरको कृत्रिम अभाव भएपछि प्रशासनको छापा

Health-Education

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै मास्क र स्यानिटाइजरमा ब्यापारीले कालाबजारी गरेको गुनासो बढेपछि जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ।

कोरोनाको उच्च जोखिममा नेपाल पनि परेको भन्दै सतर्कता अपनाउन सरकारले गरेको आग्रहसँगै औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरको कृतिम अभाव गरेपछि प्रसासनले अनुगमन सुरु गरेको हो।

सर्वसाधारणले औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि बढी मूल्य लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको नेतृत्वमा औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको थियो।