विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गरेकी छिन्।
कानुनले विवाहको उमेर २० वर्ष तोके पनि धादिङको चरौंदी जन्मघर भएकी सञ्जु खातीको सत्र वर्षको उमेरमा मागि विवाह भएको थियो।
गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएकी उनले विवाह पच्चात श्रीमानले शारीरिक तथा मानसिक हिंसा भोग्दै आएको छिमेकी बताउँछन्। छिमेकीका अनुसार उनको घरमा प्रायः जसो झगडा, कलह हुने गरेको बताए ।
प्रहरीका अनुसार घाइतेलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको हो। नुवाकोट प्रहरीले माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ।