Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष-प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत शुक्रबार राखेको प्रस्ताव अनुसार नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सार्क राष्ट्र प्रमुखहरुसँग भिडियो कन्फेरेन्समा सहभागी भएका छन् ।
सार्क देश मध्ये अहिलेसम्म कोरोनाको संक्रमण भारतमा बढी देखिएको छ । भारतमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १०७ जना संक्रमित भएका छन् । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३८ जना संक्रमित भएका छन् भने नेपालमा अहिलेसम्म संक्रमित एक जना ठिक भएर घर फर्किएका छन् ।
त्यस्तै अफगानिस्तानमा १६, श्रीलंकामा ११, बंगलादेशमा ५, भुटानमा १ र माल्दिभ्समा १३ जना संक्रमित भएका छन् ।